कालिञ्चाेकबाट भक्तपुरतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना,१३ जनाको घटनास्थलमै मृत्यु


नानीराम नेपाल,सिन्धुपाल्चोक ।

दोलखाको  कालिञ्चाेकबाट भक्तपुर आउँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी कम्तिमा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।  बा २ ख ४४६८ नम्बरको बस आज बिहान सिन्धुपाल्चोकको  सुनकोशी-७ स्थित पाँच किलो मोडमा दुर्घटना हुँदा १३ को घटनस्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा ८ महिला, ३ पुरुष,१ बालक र १ बालिका रहेका छन् । मृतकको सनाखत भईसकेको छैन । बसको ब्रेक फेल हुँदा बस मोडबाट २ सय मिटर तल खसेको छ ।

कालिञ्चाेक मन्दिर दर्शनका लागि रिजर्भ गरेर फर्किएको बा ४ ख ४४६८ नम्बरको बस सडकबाट पल्टिएर दुर्घटना भएको हो ।

उद्धारकार्य जारी रहेकाले सम्पूर्ण घटनाको यकिन भएको छैन। घाइतेलाई उपचारका लागि खाडीचौरस्थित अस्पताल र काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

https://youtu.be/pxqeCWinkq8

https://youtu.be/Eyc3w-IOok4

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।