प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक


न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रीपरिषदको बैठक बोलाएका छन्। प्रधानमन्त्री ओली अस्वस्थ भएपछि दुई सातादेखि मन्त्री परिषद बैठक बस्न सकेको छैन।

प्रतिकुल स्वास्थ्यका कारण नियमित बैठकमा सहभागी हुन नपाएका उनले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सोमबार चार बजे बस्ने गरी मन्त्रिपरिषद बैठक बोलाएका हुन्।

मंसिर १० गते एपेन्डिसाइटिसको अपरेसन गरेका प्रधानमन्त्री ओली १० दिनको अस्पताल बसाइपछि डिस्चार्ज गरिएको थियो।

Skip This