प्रधानमन्त्री ओली आज तीन बजे डिस्चार्ज हुँदै


न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट आज (बिहिबार) डिस्चार्ज हुने भएका छन्।

प्रधानमन्त्री ओली को अघिल्लो मंगलबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।

प्रधानमन्त्री ओली बिहिबारतीन बजे अस्पतालबाट डिस्चार्ज हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन्।

Skip This