जिप दुर्घटनामा १४ को मृत्यु

0
Shares

सिर्जना पन्त, बागलुङ।

गलुङको बडिगाड गाउँपालिका–७ मा मंगलबार जिप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

गुल्मी इस्मा गाउँपालिकाको दोहोली पंैयापाटाबाट बागलुङको निसीखोला आउँदै गरेको ग१ज ५२१९ जिप सोही गाउँपालिकाको वडा नं ७ को कोप्चे भन्ने स्थानबाट अनियन्त्रित भई सडकबाट लगभग ५ सय मिटर तल खोलामा खसेको थियो।

प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा आएको उक्त जिप अनियन्त्रित भई खसेको थियो। दुर्घटनामा नवलपरासी बर्दघाट नगरपालिका–२ का जीवन कार्की, गुल्मीको इस्मा गाउँपालिका–४ का ४ वर्षीय हिमाल कार्की र सोही ठाउँका २४ वर्षीया निमा केसी गम्भीर घाइते हुनुभएको छ।

घाइते तीनै जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल राखिएको छ।

यस्तै सोही दुर्घटनामा हराइरहेका बडिगाड गाउँपालिका–४ का ६५ वर्षीय धनबहादुर कार्कीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टले जानकारी दिनुभयो।

यसैबीच नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।

मृतकहरू

रेशम थापा (२५), इस्मा–४, गुल्मी

सूचना कार्की (३०), इस्मा–४, गुल्मी

वसुन्धरा कार्की (४०), इस्मा–५, गुल्मी

माया थापा, इस्मा–३, गुल्मी

सीता कार्की (४०), इस्मा–४, गुल्मी

अनुषा कार्की (२), इस्मा–४, गुल्मी

झवी कार्की (६५), इस्मा–४, गुल्मी

महेन्द्र कार्की (४०), इस्मा–४, गुल्मी

भूमि कार्की (४५), इस्मा–४, गुल्मी

मुमा कार्की (६०), बर्दघाट–२, नवलपरासी

लक्ष्मी केसी (४५), बडिगाड–५, बागलुङ

मीना बस्नेत (२५), इस्मा–४, गुल्मी

धनबहादुर कार्की (६५), इस्मा–४, गुल्मी

धनबहादुर कार्की (४५), कञ्चनपुर

Skip This