कसैले डोहोर्याउनुभन्दा आफैं हिँड्नुको मजा बेग्लै हुन्छ : गौरव पहारी



फिल्म मञ्जरीबाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेका नायक गौरव पहारीलाई धेरैले हेमन्त रानाको लोकप्रिय गीत साइँलीको म्युजिक भिडियोको साइलाका रूपमा पनि चिने। आफ्नो अभिनय करिअरको दौरान होस्टेल, अधकट्टी, रातो घर, मिस्टर भर्जिन, कुम्भकरण, पसिना, साइँली जस्ता फिल्ममा आफ्नो काम देखाउँदै आधा दशकको समयमा नेपाली सिने क्षेत्रमा छुट्टै ँपहिचान बनाएका उनले साइँली गीतको लोकप्रियतासँगै फिल्म साइँलीसमेत निर्माण गरे। उनै नायक तथा निर्माता पहारीसँग नेपाल समाचारपत्रका लागि रश्मी थापाले गरेको कुराकानी यहाँ प्रस्तुत छ :

हाल के गर्दै हुनुहुन्छ ?

अहिले आकाशेखेती नामक फिल्ममा काम गरिरहेको छु। भर्खरै मात्र कालिञ्चोकबाट सुटिङ गरेर फर्केको छु। यसकै काममा व्यस्त छु। म एकपटकमा एउटा मात्र फिल्ममा काम गर्छु। त्यस कारण अरू फिल्म छैनन्।

मम्बईमा बसेर पढ्दै गर्दा मैले बलिउड सिरियल तथा एडहरूका लागि अडिसन दिएँ। लुक्सदेखि एक्टिङसम्म सबै कुरामा ओके भइसकेपछि लास्ट मुमेन्टमा नेपाली भन्ने थाहा पाउँथे। त्यसपछि काम दिन आनाकानी गर्थे। नेपाली भएकै कारण मैले धेरै अवसर गुमाउनुपर्यो। उनीहरूले पछि फोन गर्छौं भन्थे। तर, फोन कहिल्यै आएन।

अभिनयका खानी पिता टीका पहाडीको पुत्र भएर पनि तपाईं यो फिल्डमा धेरै पछि आउनुभयो नि ?

फिल्म क्षेत्रमा आउनु सजिलो कुरा होइन। यसमा आउनका लागि पढ्नुपर्यो, बुझ्नुपर्यो, सिक्नुपर्यो। म एसएलसी सकेपछि नै इन्डियामा गएर पढेको हुँ।

ब्याचरल सकेर मुम्बईमा एक्टिङ सिकें। ४/५ वर्ष त्यहीं स्ट्रगल गरें। त्यहाँ केही
एड तथा सर्ट फिल्ममा काम गरें। अनि मात्र नेपाली फिल्ममा अभिनय शुरू गरेको हुँ।

कलाकारितामा लाग्नका लागि बुबाले कत्तिको इन्करेज गर्नुभयो ?

सबै अभिभावकले आफ्नो बच्चालाई हरेक कुरामा अगाडि बढ्न हेल्प गर्छन्। अभिभावकको नाताले गर्नुपर्ने हरेक कुरा बुबाले गर्नुभयो। तर, अभिनय क्षेत्रमा आउनका लागि न मैले बुबाको हेल्प मागें, न उहाँले मलाई हेल्प गर्नुभयो।

म आफैं सिकेर, आफ्नै मेहनतबाट अभिनय क्षेत्रमा आएको हुँ। यदि मैले बुबालाई हेल्प मागेको भए मुम्बईमा रहँदा सजिलो हुन्थ्यो। बलिउडमा बुबाले चिन्ने धेरै कलाकार हुनुहुन्थ्यो।

तर, मलाई कहिल्यै बुबासँग हेल्प मागौं जस्तो लागेन। म आफ्नै तरिकाले काम गर्दै गएँ। र, अहिले पनि आफ्नै तरिकाले काम गरिरहेको छु। कसैले डोर्याएर बाटो हिँडाउनुभन्दा आफैं हिँड्नुको मजा बेग्लै हुन्छ।

हाम्रो घरमा अचम्मको कुरा के छ भने बुबा र म एउटै फिल्डमा भए पनि घरमा फिल्मसम्बन्धी खासै कुरा हुँदैन। अहिले कुन फिल्ममा काम गरिरहेको छौ भनेर सोद्धा यो फिल्म गरिरहेको छु भन्ने मात्र हो।

मुम्बईमा एक्टिङ सिकेर नेपाल आउनुभयो। उतै काम गरौं भन्ने लागेन ?

मुम्बईमा एक्टिङ सिकेपछि ४/५ वर्ष त्यहीं स्ट्रगल गरें। मैले त्यहाँको किशोर नमित कपुर ल्याबमा अभिनय सिकेको हुँ। मुम्बईमै रहँदा धेरै सर्ट फिल्म, एडमा काम गरें भने भोजपुरी फिल्ममा पनि काम गरें। उता हुँदा पकेटमनीका लागि पनि जे आयो, त्यहीमा काम गरिन्थ्यो।

त्यहीबीच मैले बलिउड सिरियल तथा एडहरूका लागि अडिसन दिएँ। लुक्सदेखि एक्टिङसम्म सबै कुरामा ओके भइसकेपछि लास्ट मुुमेन्टमा नेपाली भन्ने थाहा पाउँथे।

त्यसपछि काम दिन आनाकानी गर्थे। नेपाली भएकै कारण मैले धेरै अवसर गुमाउनुपर्यो। उनीहरूले पछि फोन गर्छौं भन्थे। तर, फोन कहिल्यै आएन। त्यत्रो समय स्ट्रगल गर्दा पनि भने जस्तो काम नपाएको कारण फस्टेड भएर बसिरहेको थिएँ।

त्यहि बेला गणेशदेव पाण्डे दाइको फोन आयो।उहासँग मुम्बईमै चिनजान भएको थियो। उहाँले पनि फिल्मसम्बन्धी नै पढ्नुभएको थियो। उहाँले फोनमा एउटा फिल्म (मञ्जरी) बनाउन लागेको तिमीलाई लिउँ कि भनेर फोन गरेको गौरव भन्नुभयो।

जब फिल्मको कथा सुनें, मलाई त्यति बेलै जिउमा काँडा उम्रेको जस्तो भयो। मेरा लागि भनिएको क्यारेक्टर एकदमै मन पर्यो।

मुम्बईमा बसेर मैले जे–जति सिकेको थिएँ, त्यो सबै फिल्ममा देखाउन पाउने जस्तो लागेपछि फिल्ममा काम गरें र अहिलेसम्म यहीं छु।

नेपालमा स्टार भएर चलेको फिल्म नै कति छन् र? अनमोल केसी प्रदीप खड्काको नाम लिने हो भने उनीहरूलाई सपोर्ट गर्ने अरू को–एक्टरहरू पनि हुन्छन्। तीबाहेक दयाहाङ दाइ, सौगात दाइहरू पनि मल्टी स्टारर फिल्ममै काम गर्नुहुन्छ। छक्कापञ्जा टिमको कुरा गर्ने हो भने पनि सबै मल्टी स्टारर नै छन्।

फिल्म साइँली निर्माण गर्नुभयो। कस्तो रेस्पोन्स पाउनुभयो ?

साइलीप्रति सबैको रेस्पोन्स राम्रो पाएँ। फिल्मबाट एकदमै सन्तुष्ट छु। आफूले गरेको फिल्मको नाम लिँदा सबैभन्दा पहिले मञ्जरी र साइँलीको नाम लिन्छु। साइँली हेर्नेहरूको पनि राम्रो कमेन्ट पाएँ।

मेरो क्रिटिक्स भनेकै मेरो कजनहरू छन्। उहाँहरू मैले राम्रो गरे भने राम्रो र नराम्रो भयो भने पनि प्याच्च भन्ने खालको हुनुहुन्छ। उहाँहरूले पनि राम्रो कमेन्ट गर्नुभएको थियो।

साथै बुबाले पनि राम्रो काम गरेको रहेछस् भन्नुभएको थियो। साइँलीमा एक्टिङवाइज आफूलाई निकै राम्रो भएको पाएँ। त एक्टिङ पढेर आएको मान्छे खत्रै हुन्छ भन्ने होइन। एक्टिङ भनेको काम गर्दै जाँदा सिक्दै जाने कुरा रहेछ।

फिल्म र म्युजिक भिडियोमध्ये केमा काम गर्दा राम्रो महसुस गर्नुहुन्छ ?

दुवैमा काम गर्दा उस्तै लाग्छ। मेरा लागि यो म्युजिक भिडियो या यो फिल्म भन्ने छैन। एउटा कलाकारलाई एक्टिङ गर्ने ठाउँ चाहिन्छ। फिल्म र म्युजिक भिडियोले फरक पर्दैन।

हामीकहाँ फिल्ममा काम गर्नेलाई चाहिँ हिरो अनि म्युजिक भिडियोमा काम गर्नेलाई चाहिँ मोडल भनिन्छ। तर, मेरो विचारमा जेमा जसरी काम गरे पनि उस्तै हो। सबै कलाकार हुन्।

फिल्म र म्युजिक भिडियोमध्ये कुनको कमाइ राम्रो छ ?

कमाइको हिसाबले पनि उस्तै–उस्तै हो। दुवैमा उस्तै हो म्युजिक भिडियोमा एक दिनमै काम सकिन्छ। कुनै–कुनै दुई दिन लाग्ने हो। फिल्ममा एक महिना जति र पछि प्रोमोसनमा समय दिनुपर्ने हुन्छ।

प्रायः मल्टी स्टारर फिल्ममा काम गर्नुहुन्छ। यसो गर्दा आफ्नो करिअरलाई असर गरेजस्तो लाग्दैन ?

मलाई कहिल्यै त्यस्तो लागेन। नेपालमा स्टार भएर चलेको फिल्म नै कति छन् र ? अनमोल केसी प्रदीप खड्काको नाम लिने हो भने उनीहरूलाई सपोर्ट गर्ने अरू को एक्टरहरू पनि हुन्छन्।

तीबाहेक दयाहाङ दाइ, सौगात दाइहरू पनि मल्टी स्टारर फिल्ममै काम गर्नुहुन्छ। छक्कापञ्जा टिमको कुरा गर्ने हो भने पनि सबै मल्टी स्टारर नै छन्। त्यस कारण हिजोआज स्टारडम भन्ने कुरा छैन जस्तो लाग्छ।

पहिले–पहिले राजेश दाइहरूको पालाको कुरा गर्ने हो भने उहाँहरूको छुट्टै हाइट थियो। यस कारण म मल्टी स्टारर, स्टारर भन्दा पनि आफ्नो भूमिकालाई महत्व दिन्छु।

आफ्नो भूमिका राम्रो लाग्यो भने ५ मिनेटको रोल भए पनि काम गर्छु, नभए कामै गर्दिनँ। यदि भूमिका राम्रो भएन भने २ घन्टा लामो रोल भए पनि कसैले नोटिस गर्दैन, राम्रो भए ५ मिनेट पनि काफी छ।

कस्तो प्रकारको भूमिका गर्ने सपना छ ?

मलाई एकपटक नेगेटिभ क्यारेक्टर गर्ने मन छ। केही समयअघि कुरा पनि भएको थियो। तर, कहिले के नमिलेर कहिले के नमिलेर गर्न पाएको छैन।

आफ्नो नजरमा आफूलाई कहाँ पाउनुहुन्छ ?

म कहिल्यै पनि यो स्थानसम्म पुग्छु र मेरो लक्ष्य यो हो भनेर आएको थिइनँ। आएको काम मेहनतको साथ गर्दै जाने हो। त्योभन्दा म यस्तो बनौं, उस्तो बनांै भन्ने मलाई कहिल्यै लागेन।

मेरो कम्पिटिसन भोनेको सधैं आफ्नै लास्ट फिल्मसँग हुन्छ कि म काम गरिरहेको फिल्ममा अघिल्लो फिल्ममा भन्दा राम्रो गरौंं। मलाई म यो स्थानमा छु भन्न असहज महसुस हुन्छ।

रेस्टुरेन्ट व्यवसायमा पनि लाग्नुभएको छ नि ?

मेरो बिजनेस माइन्ड त्यति राम्रो छैन। कुनै बिजनेस गरौं भन्नेचाहिँ इच्छा थियो तर आइडिया थिएन। यहीबीच भाइहरूले यस्तो खालको रेस्टुरेन्ट छ, ठाउँ पनि राम्रो छ हात हालांै भन्ने प्रस्ताव ल्याए। उ

नीहरूसँगै पार्टनरसिपमा हात्तीसारमा गल्ली क्यान्टिन नामक रेस्टुरेन्ट सञ्चालन गरेको हो।

फिल्म निर्देशनबारे पनि सोच्नुभएको छ कि ?

छैन। फिल्म निर्देशनको काम निकै गाह्रो काम हो जुन म सक्दिनँ। बरु कान्छो भाइ सुुलभ पहारीलाई चाहिँ निर्देशनका लागि तयार गर्दै छु। ऊ मुम्बईमा फिल्म पढिरहेको पनि छ।

साइँली, कबड्डी कबड्डी कबड्डी तथा कान्छीमा उसले असिस्टेन्ट डिरेक्टरका रूपमा काम गरेको थियो। यही क्षेत्रमा काम गर्दै सिकिरहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्