प्रधानमन्त्री ओलीको तेस्रोपटक हेमोडायलासिस



काठमाडौं, (नेस)।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको तेस्रोपटक हेमोडायलासिस गरिएको छ।उहाँ शनिबार फलोअप र डायलासिसका लागि ग्रान्डी इन्टरनेसनल अस्पतालमा जानुभएको थियो। सोही अस्पतालमा उहाँको डायलासिस गरिएको हो।

प्रधानमन्त्रीको उपचारमा संलग्न उहाँका निजी चिकित्सक दिव्या सिंह शाह, ग्रान्डीका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष प्राडा प्रेमराज ज्ञवालीद्वारा शनिबार जारी संयुक्त विज्ञप्तिमा उहाँको स्वास्थ्य अवस्था राम्रो रहेको उल्लेख छ। यसअघि प्रधानमन्त्री ओलीको मिर्गाैलाको २ पटकसम्म हेमोडायलाइसिस गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्