रसुवा, (नेस)।
उत्तरगया गाउँपालिका–४ कर्मिडाँडामा विभिन्न रोगहरुको उपचार गराउन दुई दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ। सेयर नेपाल गैरसरकारी संस्थाको आयोजनामा पार्टिसीप एडको प्राविधिक सहयोगमा कात्तिक २२ र २३ गते दुइदिने स्वास्थ्य शिविरमा स्त्री रोग, दात रोग र सामान्य स्वास्थ्य जाँच गरिएको थियो।
जनचेतना फैलाउने उद्देश्यले कुनै पनि रोग लुकाएर नबसौं र समयमै स्वास्थ्य परीक्षण गरौं भनेर शिविर राखिएको डा. केदार नर्सिङ केसीले जानकारी दिनुभयो। शिविरको उद्घाटन गर्दै डा. केसीले जिल्लाको हरेक कुनाकुनामा जो स्वास्थ्य उपचारबाट वञ्चित छन् र जानकारी छैन त्यहाँसम्म पुग्ने जमर्को समेत गरिएको बताउनुभयो।











प्रतिक्रिया