काठमाडौं, (नेस)।
प्रतिनिधिसभा १ र प्रदेशसभा सदस्य ३ का कुल उम्मेदवारमध्ये ५५ पुरुष र ९ जना महिला रहेका छन्। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मनोनयन दर्ता भएका कुल ६४ जना उम्मेदवारमध्ये पुरुष र महिलाको सो संख्यामा उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ।
आयोगको निर्वाचन कार्यतालिकाअनुसार आइतबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मनोनयन भएका उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको थियो। निर्वाचन हुने जिल्लाको मुख्य निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारीको अन्तिम नामावली प्रकाशित गरिएको आयोगले जनाएको छ।
आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभाका लागि उम्मेदवार मनोनयन दर्ता गरिएकोमा स्वतन्त्र उम्मेदवारी दिनुभएका पुरुषोत्तम खनालले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ। प्रतिनिधिसभाका लागि ११ स्वतन्त्र र ११ राजनीतिक दलबाट उम्मेदवारी परेको थियो।
यसैगरी प्रदेशसभा सदस्यका लागि भक्तपुरमा राजनीतिक दलबाट ९ र स्वतन्त्र १० गरी १९ जनाको उम्मेदवारी, बाग्लुङमा राजनीतिक दलका ८ र स्वतन्त्र २ गरी १० र दाङमा राजनीतिक दलबाट १२ र स्वतन्त्र २ गरी १४ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ। आज सोमबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। य
सैबीच अधिकांश निर्वाचन सामग्रीहरू आफ्नै मौज्दातबाट व्यवस्थापन गरिएको दावी गर्दै आयोगले स्थानीय स्तरमा खरिद गरी व्यवस्थापन गर्न सकिने सामग्रीहरू जिल्ला निर्वाचन कार्यालयबाट व्यवस्थापन गर्न बजेट अख्तियारी पठाइएको जनाएको छ।आयोगका अनुसार मतदाता शिक्षा कार्यक्रम मङ्सिर ५ देखि ११ गतेसम्म सञ्चालन गरिनेछ।
त्यस अवसरमा प्रत्येक वडामा दुई जना मतदाता शिक्षा कार्यकर्ताले मतदाताहरूलाई जानकारीमूलक नमुना मतपत्र, पोस्टर, हातेपुस्तिकालगायतका सामग्रीको माध्यमबाट मतदाता शिक्षा दिनेछन्। उक्त अवधिमा नमुना मतदान कार्यक्रम, मतदाता शिक्षा गोष्ठी, आयोगको वेबसाइट, मोबाइल एप्स् र फेसबुकमार्पmत मतदाता शिक्षा दिइने छ।











प्रतिक्रिया