टुडिखेल अतिक्रमण भएको भन्दै टुँडिखेलमा मानव साङ्लो प्रदर्शन

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सामाजिक अभियन्ताहरूले टुडिखेल अतिक्रमण भएको भन्दै टुँडिखेलमा मानव साङ्लो प्रदर्शन गरेका छन् । टुडिखेल खुला गर्नका लागि ‘अकुपाई टुँडिखेल‘ नामक अभियान शनिवार सम्पन्न भएको हो ।

अभियानमा पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष डा। बाबुराम भट्टराई, हिसिला यमी, नेपाली कांग्रेसका नेता गगन थापा, पत्रकार ऋषी धमला, सञ्चारकर्मी रवि लामीछाने लगायत अन्य सामाजिक अभियन्ताहरूको बाक्लो उपस्थिती रहेको थियो ।

‘अकुपाई टुँडीखेल‘ अभियानमा शनिवार खुलामञ्चबाट रत्नपार्कसम्म मानव साङ्लोबनाएर प्रदर्शन गरिएको थियो ।

सो समारोहमा बोल्दै कुनै पनि शहरमा आधा भन्दा बढी खुला स्थान हुनुपर्ने बताउँदै टुँडीखेललाई पुनः खुला गराउनुपर्ने बताए ।
गायक योगेश्वर अमात्यले पहिलाको खुला टुँडीखेललाई अहिले सिमित स्वार्थमा अतिक्रमण गरिएको बताए ।

यस्तै, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुप्रभा खड्गीले टुडिखेल खाली गराउन आफूले महानगरको बैठकमा निरन्तर छलफल चलाउने गरेको बताइन् ।

त्यहाँ उपस्थित सबैले टुडिखेल खुला गरका साथसाथै ब्याक अफ इन्डिया लगायत लेखिएको प्लेकार्ड बोकेका थिए ।

Skip This