बैतडीमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाइयो


विनोद सिंह विष्ट, बैतडी ।

बैतडीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । भारतले हालै सार्वजनिक गरिएको नक्सामा नेपाली भूमी राखिएको बिरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाइएको हो ।

कलाकार भानुभक्त जोशीको नेतृत्वमा पुर्चौडी नगरपालिकाका स्थानीय बासिन्दाले हाटमा रहेको राताशिला चिहानघाटमा मोतीको पुत्ला दहन गरेको त्यहाँवाट राजेश धामीले जानकारी दिनुभयो ।

‘भारतीय बिस्तारवाद मुर्दावाद, नरेन्द्र मोदी मुर्दावाद’ को नारा लगाउँदै उनीहरुले पुत्ला दहन गरेका थिए । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा दार्चुलास्थित नेपाली भूमी लिपुलेक,कालापानी, लिम्पियाधुरा भारतमा समावेश गरेको छ । भारत सरकारले मिचेको नक्साप्रति नेपाल सरकारले कुटनितिक तवरले समस्याको समाधान गर्नुपर्ने माग रहेको छ ।

भारतको विस्तारवादी नीतिको विरोध गर्दै उनीहरुले नेपालको भू–भाग भारतीय नक्साबाट हटाउन समेत माग गरेका छन् । भारतले नेपाली भूमी आफ्नो नक्सामा समेटेपछी देशका अधिकांस स्थानमा बिरोध प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।