नयां नोट साट्नेहरुको भीड (फोटोफिचर)



न्युज अफ नेपाल काठमाडौं ।

तत्कालिन नेपाल राष्ट्र बैकका गर्भनर हिमालय समसेर राणाले नेपालमा अत्याधिक भारतीय नोटको कारोबार बढेपछि दशैको अवसर पारेर नेपालीहरुलाई नयां नेपाली रुपिया बितरण गर्ने प्रचलन बसाएको राष्ट्र बैकका कर्मचारीहरु बताउ छन ।

पछिल्लो समय दशैमा नयां नोटको प्रयोगमा अत्याधिक बृद्धी भएपछि सरकारले अव नयां नोट साट्ने प्रचलनलाई निरुत्साहित गर्ने भएको छ । तर राजधानीमा अहिले नयां नोट साट्नेहरुको भीड थामीनसक्नुको अवस्थामा पुगेको छ ।

बिहीबार बिहान नेपाल राष्ट्र बैकको मुख्यालयमा नयां नोट साट्नेको भीडले त्यहांको ट्राफिक आवागमनमा समेत प्रभाव पारेको थियो । बिहानै देखि लाईनमा बसेकाहरु नयां नोट कतिखेर प्राप्त हुने हो भन्दै लाईनमा बसेर प्रतिक्षा गर्दै ।

तस्वीरः दिपक रिजाल, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्