साँखु प्रभागका इन्सपेक्टरले गरे फिल्मि शैलिमा बालिकाको उद्धार, अविभावक हर्षित

282
Shares

न्युज अफ नेपाल, काठमाडौं । साँखु प्रभागका प्रहरी निरीक्षकले फिल्मि शैलिमा मेलम्चीबाट एक बालिकाको उद्धार गरेका छन् । प्रहरी निरीक्षक गोविन्द पन्थीले १४ वर्षीया एलिना पोख्रेललाई सुचना पाएको २ घण्टा भित्रमा  उद्धार गरेका हुन् ।

शान्ति पाठशालामा कक्षा ८ मा अध्यानरत ती बालिका भदौ ३१ गते विहान पढ्न भनि गएकि कक्षामा नदेखे पश्चात प्रिन्सिपलले अविभावकलाई खबर गरेका थिए । अविभावकले विद्यार्थी स्कुल नै गएको भने पश्चात सर्बत्र खोजतलास गर्दा नभेटेपछि महानगरीय प्रहरी प्रभाग साँखुमा प्रिन्सिपल र अविभावकले दिँउसो २.३० बजे रिपोर्ट गरेका थिए ।

केही दिनदेखि विरामी परी आराम गरिरहेका निरीक्षक पन्थी १४ वर्षकी बालिका हराएको भन्ने सुचना पाउनासाथ विद्यालयमा बुझ्दा १० कक्षामा पढ्ने एक विद्यार्थीले बालिकालाई एकतर्फि मन पराएको जानकारी पाएको आधारमा केटाका अविभावकलाई सम्पर्क गरेका थिए।

केटाका बुवाले आफ्नो छोरा को बारेमा नकारात्मक कुरा गर्छ्न जता गएपनी आफुलाइ मतलब नभएको कुनै सहयोग पुर्याउन नसक्ने बताए । प्रहरी पन्थीले केटाको नम्वर मागी खोजी गर्दा त्यो केटासिन्धुपाल्चोकको मेलम्चीमा रहेको पत्ता लगाएका थिए । ईलाका प्रहरी कार्यालय मेलम्चिका इन्स्पेक्टरलाई फोन गरि यो केस सिरियस रुपमा हेरिनु पर्दछ अन्यथा जस्ता सुकै घटना घट्न सक्छ भन्दै आफै खटिई बालिकाको उद्धार गर्नु ,मैले यताबाट अविभावक सहितको टोलि पठाउछु पन्थीले भनेका थिए ।

आफुले सुचना पाएको २ घण्टा भित्रमा बालिका पत्ता लगाई प्रहरीको नियन्त्रणमा लिएका हुन् । आफुले सुचना पाएको २ घन्टामै बालिकाको उद्दार गरि बच्चा जिम्मा दिएकाेमा निरीक्षक पन्थीलाई अभिभावकले धन्यवाद दिएका छन् । साथीभाईको लहलहैमा लागेर घुम्न गएको  इन्स्पेक्टर पन्थीले समाचार पत्रलाइ बताएका छन् ।

हराएकै दिन तत्काल बच्चाको उद्धार हुन नसकेको भए बच्चाको अबस्था अर्कै हुन पनि सक्थ्यो उनले अर्कै निर्णय लिन वा जे पनि हुन सक्ने थियो । त्यसरी हराएको बच्चालाई प्रायले केही समयमा आउला, साथीसगैं गएको होला भनी त्यति ध्यान नदिदा धेरै ठुला घटना बिगतमा घटी प्रहरी सङग्ठन नै आलोचित हुनु परेको यतार्थता हामीसामु ताजै छ । आफै गएको वा हराएको बच्चालाई त्यसरी तत्कालै लिएर बालिकाको तत्काल उद्धार गरी दिने प्रहरी निरीक्षक पन्थी बधाईका पात्र भएका छन ।