आगलागी हुँदा ५० लाखको धनमाल जलेर नष्ट


सोलुखुम्बु । सोलुखुम्बुमा आगलागी हुँदा ५० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–२ सुर्केका रोमन राईको घरमा आगलागी भएको हो ।

जस्ताले छाएको घरमा भएको आगलागीबाट घरका भौतिक सामग्री जलेर नष्ट भएको छ ।

यसैबीच, ललितपुर महानगरपालिका–२१ सानो खोकनास्थित भारतीय नागरिक बिनायक जैसवालको कपास कारखानामा भएको आगलागी नियन्त्रणमा आएको छ ।
आगलागीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी, सशष्त्र प्रहरी बल, नेपाली सेना र दमकल समेतको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ । आगलागीबारे अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।