शुक्रराज टपिकल अस्पतालमा सोमबारको दृष्य शब्दचित्रमा



न्युज अफ नेपाल, काठमाडौ । केही सातादेखि फैलिएको डंगुंको कारण राजधानीको एकमात्र शुक्रराज टफिकल सरुवा रोग अस्पताल अस्तब्यस्त देखिएको छ । देशभरबाट ज्वरोका बिरामी सो अस्पताल आउन थालेपछि अस्पतालको इमजेन्सी सेवा देखि ल्याव समेत अस्तब्यस्त देखिएको छ ।

बिरामीको चाप सोचेभन्दा बढी भएपछि ल्यावलाई २४ सै घण्टा चलाएको भएपनि बिरामी थेग्न नसकेपछि अस्पताल पुगेका बिरामी बिचल्लीमा परेका छन ।
ल्यावको रिर्पोट दिने ठाउंमा भीड बढेको कारण अस्पतालले तीन चार जना नर्सलाई खुल्ला चौरमा नाम बोलाई बोलाई रिपोर्ट दिदा कैयनको रिर्पोट मिसप्लेस भएको थियो भने बिहान देखि लाईनमा बस्दापनि रिर्पोट नपाएको भन्दै सीमा दासले गुनासो पोखिन । कतिपयको नाम मिल्छ थर मिल्दैन थर मिल्छ नाम मिल्दैन रिर्पोट लिन गएका बुद्धी गुरुडले आक्रोश पोख्नुभयो ।

सरकारले डेंगुको महामारी फैलिएको र सतर्कता अप्नाएको बताएपनि अस्पतालमा आएर हेर्दा सरकारको उपस्थिती देखिदैन बिरामी भएर अस्पताल आउनु भएकी जानकी अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्