बस दुर्घटना ३ को मृत्यु, २८ घाइते


सुर्खेत । सुर्खेतमा यात्रुबाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । पश्चिम रुकुमको आठबिसकोट नगरपालिका राडीबजारबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको रात्री बस दुर्घटना भएको हो। बुधबार बिहान सुर्खेतको हर्रे नजिक भएको दुर्घटनामा २८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको जानकरीअनुसार एक जनाको घटनास्थलमा र दुई जनाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । बस सडकबाट करिब १५० मिटर तल खसेको छ । ६ जना गम्भिर घाइते भएका छन । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।