दुर्घटनामा परि बुटवलमा एकको मृत्यु




रुपन्देही । बुटवलको ढबाहामा आज भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व जाँदै गरेको लु २ च ३२६ नम्बरको सानो पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालक गुल्मी गुरुङधाराका २२ वर्षीय सुवास पछाईको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । पिकअप गाडीलाई ओभरटेक गर्नेक्रममा लु ३२ प ५००१ नम्बरको मोटरसाइकलमा सवार पछाईको मृत्यु भएको हो ।
रासस

प्रतिक्रिया दिनुहोस्