आज विश्व आदिवासी जनजाति दिवस, विविध कार्यक्रम गरि मनाइँदै



काठमाडौँ । आज विश्व आदिवासी जनजाति दिवस, ‘सम्पूर्ण उत्पीडित जाति एक हौंँ, २५औँ आदिवासी दिवस आन्दोलनका रूपमा मनाऔंँ, पहिचानसहितको सङ्घीयताका लागि सङ्घर्ष गरौं भन्ने नाराका साथ नेपाललमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

आदिवासी जनजातिहरुको, अधिकार, पहिचान र उत्थानका लागि सकारात्मक सन्देश दिन उक्त दिवस मनाउने गरिन्छ । आफ्नै कला, भाषा, भेषभूषा, संस्कार संस्कृतिले बेजोड समृद्ध आदिवासीहरूले आफ्नो हक अधिकारका लागि आदिवासी जनजाति दिवस मनाइन्छ ।

विश्वभर छरिएर रहेका आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाइँदै आएको छ ।

संयुक्त राष्ट्र संघको आदिवासी जनजाति मामिला हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन ९सन् १९८२ को अगस्ट ९० को दिनलाई नै आधार मानेर सन् १९९५ देखि यो दिवस रुपमा मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्