त्रिशुली बस दुर्घटना: ज्यान गुमाउनेको संख्या पाँच पुग्यो (अपडेट)



धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट त्रिशुली नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ भने १६ जनाकाे जिबितै उद्दार गरिएकाे छ ।

प्रहरीका अनुसार अहिलेसम्म चार जनाको जनाको शव भेटिएको र सनाखत हुन बाँकी रहेको छ । अझै झण्डै २२ भन्दा बढी यात्रु हराइरहेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

बस सडकबाट त्रिशुलीमा खस्ने क्रममा झाडीमा अड्केका केही घाइतेहरु भेटिएका हुन् । सर्लाहीको मलंगवाबाट काठमाडौंको लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान त्रिशुली नदीमा खसेको हो ।

अहिले उद्धारको काम भइरहेको छ । बसमा ४५ जना  रहेका थिए । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्