उपमेयरद्धारा सरकारी गाडीको दूरुपयोग, निर्वाचनका लागि भोट माग्दै घरदैलोमा

0
Shares

भद्रपुर । सरकारी गाडी प्रयोग गरी नगरपालिका उपप्रमुखले समितिको निर्वाचनका लागि भोट माग्दै घरलौरी हिडेको पाइएको छ । तत्कालिन नेकपा एमालेबाट निर्वाचित भद्रपुर नगर उप्रमुख चन्द्रमाया श्रेष्ठले सरकारी गाडीको दूरुपयोग गरेकी हुन् ।

आउने शनिबार भद्रपुर ९ स्थित चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाई समितिका लागि हुने निर्वाचनमा उपप्रमुख श्रेष्ठले प्रयोग गर्दै आएको मे १ झ ११७ नम्बरको रातो रङ्गको गाडी प्रयोग गरी विहीबार विहान प्रकाशपुर चोकमा गाडी राखेर खानेपानी उपभोक्ताको घर–घरमा उम्मेदवारलाइ लिएर भोटमाग्दै हिडेकी छन् ।

सरकारी कामका लागि बाहेक अन्य काममा स्वीकृती लिएर प्रयोग गर्नु पर्ने गाडी उनले सरकारमा नै बसेर नियम उलङ्घन गर्दै आइरहेको स्थानीय बताउँछन् । अधिवक्ता समेत रहेकी श्रेष्ठलाइ ऐन कानूनको विषयमा पूर्ण जानकार हुदा हुदै पनि यस्तो कार्य गरेको प्रति केही स्थानीयले आपत्ती समेत जनाए । नेकपाबाट उम्मेदवार रहेका चुडामणि मैनालीको प्यानललाइ सघाउन उनले भोट माग्दै हिडेकी छन् ।

केही स्थानीय राजनीतिकर्मीले के हो उममेयर ज्यु सरकारी गाडी नै प्रयोग गरेर भोट माग्न ? भन्ने प्रश्नमा हो भन्दै सहज जवाफ दिएको ती नेताले सञ्चारकर्मीलाइ बताउँनुभयो । नगर उपप्रमुखले सरकारी गाडी दूरुपयोग गरेको उहाँहरुको दाबी छ । नगरपालिकामा सपथ लिएपछि साझा व्यत्ति हुनु पर्नेमा खुलेआम पार्टीमा देखिएर सोटीङ् गर्दै हिडेको स्थानीयको भनाइ छ । झापामा पछिल्लो समय सरकारी गाडीलाइ व्यत्तिगत प्रयोग, कार्यालय समय पश्चात होटल अगाडि, राजनीतिक कार्यक्रम लगायतका क्षेत्रमा देखिने गरेको जानकारहरु को गुनासो छ ।

यस विषयमा उपप्रमुख श्रेष्ठलाइ सम्पर्क गर्दा गाडी लिएर गएको हो तर, त्यहाँ प्रयोग भएन बुझ्नु भो नि कुरा ? त्यस्तो हैन यो ‘फेक’ न्युज हो ,यो नछाप्नु पनि उहाँले भन्नुभयो । बिदाको दिन जिल्ला प्रशासनबाट स्वीकृती लिएर र अन्यको हकमा सरकारी काम बाहेक गाडी प्रयोग गरेमा सरासर दूरुपयोग भएको मानिने प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउँनुभयो । उहाँहरु पार्टीको मान्छे नभइ सरकारका मान्छे भएकोले कुनै पार्टीमा देखिएर हिड्न नहुने प्रजिअ दाहालले बताउँनुभयो । भोटमाग्न गाडी प्रयोग गरेको विषयमा चासो लिएको उहाँले जनाउँनुभयो ।

शनिवार हुने निर्वाचनमा नेपाली काङ्ँग्रेस, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच त्रिपक्षीय भिडन्त हुदैछ । दलीय भाग बण्डामा सहमती गरी सर्वपक्षीय बनाउने भन्दै ६ सदस्यीय छनौट कार्यमा काँङ्ग्रेस र नेकपाले सदस्य पद बाँड फाँड गरे पनि माथिल्लो ५ पदका लागि सहमती नभएपछि त्रिपक्षीय भिडन्त हुने भएको हो ।

बुधबार उम्मेदवारी दर्ताको अन्तिम समयसम्म आइपुग्दा नेपाली काँङ्ग्रेसले राजेन्द्र रिजालको नेतृत्वमा उम्मेदवारी दर्ता गराएको छ भने नेकपाले चुडामणि मैनालीलाइ अगाडि सारेको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले रामबहादुर थापाको प्यानल खडा गरेको छ ।