९ लाख घुससहित सिनियर डिभिजन इन्जिनियर पोखरेल पक्राउ

0
Shares

पोखरा । सिनियर डिभिजनल इन्जिनियर हरि पोखरेल घुससहित पक्राउ परेका छन्। नौ लाख घुस रकमसहित बिहीबार बेलुका साढे ७ बजे अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पोखरेललाई घरबाटै पक्राउ गरेको हो ।

सडक डिभिजन कार्यालय पोखरा प्रमुखमाथि विन्ध्यवासिनी हरिचोक सडक निर्माणका ठेकेदारसँग घुस लिएको आरोप लागेको अख्तियारले जनाएको छ । सरकारी आवासमै उनलाई नौ लाख घुससहित पक्राउ परेका पोखरेलमाथी थप अनुसन्धान चलिरहेको अख्तियारले बताएको छ ।