काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइरालालाई बिहीबार घूससहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
जोरपाटीस्थित स्तुपा कलेजका विद्यार्थीको समस्या समाधान गरिदिने भन्दै विद्यार्थीबाट लिएको ६ लाख ७५ हजार रूपैयाँ घुससहित कोइराला पक्राउ परेका हुन् । उनलाई टंगालस्थित अख्तियार कार्यालयबाट खटिएको टोलीले दरबारमार्गको शेर्पामलबाट पक्राउ गरेको हो ।
कोइरालालाई हिरासतमा लिएर थप अनुसन्धान अघि बढाएको अख्तियारले जनाएको छ ।











प्रतिक्रिया