सदनमै उपस्थित नहुने सांसद जनताप्रति कति उत्तरदायी ?

0
Shares

काठमाडौं । बिहिबार बसेको प्रतिनिधिसभा बैठकमा गणपुरक संख्या नपुगेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

सेफगार्ड एण्टी डम्पिङ तथा काउन्टर भेलिइङ विधेयक २०७५ को सम्बन्धमा उद्योग तथा वाणिज्य समिति र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन पारित गर्ने क्रममा कांग्रेस सांसद देवप्रसाद तिमल्सिनाले गणपुरक संख्या नपुगेको भन्दै विधेयक पारित हुन नसक्ने बताएका थिए ।

गणपुरक संख्या नपुगेपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । १५ मिनेटको लागि मात्रै स्थगित गरिए बैठक आधा घण्टापछि मात्र सुरु भएको थियो ।