पर्सा, बाराका आँधी पिडीतले भदौमा घर पाउने



कृष्णउदास खनाल, वीरगन्ज ।
गत चैत १७ गते आएको बिनासकारी हावहुरीका कारण घरवार गुमाएका पीडितहरुले भदौमा नै घआवास प्रदान गरिने भएको छ । बारा र पर्साका आँधी प्रभावितको घर निर्माण कार्य ७२ प्रतिशत सम्पन्न भएको हो ।

नेपाली सेनाको जनता आवास कार्यदलले प्रभावितहरूको घर निर्माणको ७२ प्रतिशत काम सम्पन्न भएको जानकारी दिएको हो । बासस्थानरसेल्टर निर्माण कार्यको प्रगति भने ८२ प्रतिशत पुगिसेको सेनाको दावी छ । ०७५ चैत १७ गते आएको आँधीबाट पूर्ण क्षति भएका घर यही साउन २६ गतेसम्ममा हस्तान्तरण गरिने बताइको थियो । तर, तोकिएको समयमा भने काम सम्पन्न हुन नसक्ने सेनाले बताएको छ ।

९० कार्य्दिन पाएको भए पनि ९ दिन हावाहुरी र ९ दिन अविरल वर्षाका कारण काम गर्न नसकिएको निर्माण कार्यदलले जनाएको छ । ८ सय घर सेनाले र बाँकी जनसहभागितामा निर्माण गर्ने लक्ष्यका साथ निर्माणको काम सुरु गरिएको थियो । तर, गैरसैनिकको सहभागिता नभएकोल पनि केही ढिला भएको सेनाको तर्क छ ।

भदौं दोस्रो सातासम्ममा मात्रै निर्माण सम्पन्न हुने नेपाली सेनाको निर्माण कार्यदलले बताएको छ ।सेनाको कार्यदलका कमाण्डर सहायक रथी विनय विक्रम राणाले सबै घर निर्माण सम्पन्न गर्न भदौं दोस्रो सातासम्मको समय लाग्ने बताउनुभयो । कार्यदल कमाण्डर राणाले विवादका कारण १४ घर निर्माणको काम अझै शुरु गर्न नसकिएको उहाँले भदौको पहिलो वा दोश्रो सातामा पीडितहरुलाई घर प्रदान गरिने गरी तयारी भइरहेको बताउनुभयो ।

सेनाले सरकारलाई हस्तान्तरण नगरेको भए पनि निर्माण सम्पन्न भइसकेका घरमा आँधी प्रभावित परिवारले भने बसोबास शुरु गरिसकेका छन् । ०७५ चैत २१ गते बसेको मन्त्रिपरिषद बैठकले आँधीबाट क्षति भएका घर वर्षायाम अगावै पनर्निर्माण गरिसक्ने गरी नेपाली सेनालाइै निर्माणको जिम्मा दिएको थियो ।

नेपाली सेनाले वैशाख २१ गतेदेखि १२ वटा क्लष्टर बनाएर निर्माण कार्य शुरु गरेको थियो । १२ वटै क्लष्टरमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायतले घर निर्माणको शिलान्यास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्