काठमाडौं । बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयममा बोल्दै प्रतिनिधिसभाकी सदस्य सुजता परियारले संसद हलमा एसी नभएर गुम्सिएर बस्नुपरेको बताएकी छिन् ।
केही दिनदेखि सभाहलमा एसी चलेको छैन । एसी बिग्रीएको तीनदिनसम्म पनि बनाउन नसक्नु लापरबाही भएको भन्दै गर्मी बढेको महिनामा पनि गुम्सिएर बस्नुपरेको परियारले गुनासो व्यक्त गरिन् ।
उनले भनिन्, सुनिन्छ, पानी नभएर एसी चलेको छैन । सचिवालयबाट लिएको भाडाले के पानी किन्न नसकेको हो ? पानी पेट्रोलभन्दा महंगो भएको हो?
सम्बन्धित निकायलाई तत्काल निर्देशन गर्न उनले सभामुखलाई अनुरोध गरिन्।











प्रतिक्रिया