मनसुनको न्यून चापीय रेखा नेपालतर्फ



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालतर्फ रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल देशका अधिकांस स्थानहमा आंशिकदेखि सामान्य वदली भइरहेको छ भने पूर्वी भू–भागका केही स्थान र पश्चिमका १/२ स्थानमा हल्का वर्षा भइरहेको छ ।

बिहीबार दिउँसो मुलुकका धेरैजसो स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने संभावना छ । त्यस्तै राति धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने तथा पश्चिमी भू–भागका १/२ स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा हुनसक्छ ।

त्यसैगरी, शुक्रबार दिउँसो धेरैजसो स्थानमा बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ । शनिबार दिउँसो देशका धेरैजसो स्थानमा बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा तथा राति आंसिक देखि सामान्य वदली रही पश्चिमका केही स्थान एवं पूर्वी र मध्यका १/२ स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको संभावना रहेको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्