काठमाडौं (नेस) । बुधवारको लागि डाकिएको कांग्रेस केन्द्रिय समिति बैठक आइतवारसम्म सरेको छ ।
अन्तरिम संरचना गठन गर्न आवश्यक निर्देशिकाबारे शीर्ष नेताबीच थप छलफल गर्नुपर्ने भएकाले बैठक सारिएको कांग्रेसले जनाएको छ ।
यही साउन १७ गते बसेको बैठकले १३ औं महाधिवेशनको क्रममा बनेको पार्टी संगठनको स्थानीय संरचनालाई रुपान्तरण गरी संघीय व्यवस्थाबमोजिम विधानको धारा ७२ मा उल्लेखित पार्टीको अन्तरिम संरचना गठन गरिने निर्णय गरेको थियो । त्यसका लागि आवश्यक निर्देशिका केन्द्रीय बैठकमा पेश गरी पारित गर्ने बताइएको थियो ।
अन्तरिम संरचना गठनबारे आवश्यक निर्देशिका तयार भैसकेको र केन्द्रिय समितिमा विवादित नहोस् भन्नका लागि शीर्ष नेताले थप छलफल गरी आइतबारको बैठकमा पेश गर्ने बताइएको छ ।











प्रतिक्रिया