त्रिभुवन विमानस्थलका अध्यागमन अधिकृत पराजुली पक्राउ


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अध्‍यागमन अधिकृत कमलप्रसाद पराजुलीलाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

श्रम स्विकृति नलिई कतार, दुवईलगायतका मुलुकमा जाने विचौलिया समेतको मिलेमतोमा प्रस्थान अनुमति दिने र प्रस्थान अनुमति दिएको अभिलेखसमेत नराखी डिपार्चर स्ट्याम्प लगाइदिने कार्यमा संलग्न रहेको आरोपमा पराजुली पक्राउ परेको अख्तियारले जनाएको छ ।

बिचौलियाबाट आर्थिक लाभ लिएको भन्ने कसुरमा उजुरी परेकाले पक्राउ परेका पराजुलीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।