राष्ट्रियसभा अध्यक्ष र पाकिस्तानी राजदूतबीच भेट


काठमाडौं, (नेस) ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत मजार जावेदले शिष्टाचार भेटघाट गर्नुभएको छ ।
सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा सोमबार भएको भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशको सम्बन्ध सरकार र जनस्तरमा सुमधुर रहेको बताउनुभयो ।

उहाँले दुई देशको सम्बन्ध एकअर्काको स्वतन्त्रता, स्वाधिनता र परस्पर सहयोगमा आधारित रहेको धारणा राख्नुभयो ।

तिमिल्सिनाले दुई देशबीच जनस्तरको सम्बन्धलाई मजबुद बनाउन पाकिस्तानले संस्कृति, स्वास्थ्य र शिक्षाको क्षेत्रमा गर्दै आएको सहयोग तथा सहकार्यका लागि धन्यवाद दिनुभयो । भेटमा पाकिस्तानका राजदूत जावेदले नेपाल र पाकिस्तानको सम्बन्ध कुटनीतिक सम्बन्ध स्थापित भएदेखि नै सुमधुर रहेको बताउनुभयो ।

‘नेपालमा पनि सरकार र जनस्तरको सम्बन्ध बलियो बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौं । यो सहकार्यलाई अझ मजबुद बनाउन चाहन्छौ,’ उहाँले भन्नुभयो ।

भेटका क्रममा राजदूत जावेदले अध्यक्ष तिमिल्सिनालाई पाकिस्तान भ्रमण गरी दुई देशको संसदबीचको सम्बन्ध पनि सुमधुर बनाउन भूमिका खेल्न आग्रह गर्नुभयो ।

सो अवसरमा राजदूत जावेदले पाकिस्तानले आफ्नो ७२ औं स्वतन्त्रता दिवसको अवसरमा यही साउन २९ गते अर्थात् अगष्ट १५ तारिकका दिन काठमाडौंमा आयोजना गर्न लागेको एक समारोहको निमन्त्रण समेत दिनुभएको थियो ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।