बन्दीपुरमा भएको बस दुर्घटनामा परी १९ घाइते, २ को अवस्था गम्भीर


चितवन । तनहुँको बन्दीपुर गाउँपालिका ५ ढाँपमा आइतबार बिहान भएको बस दुर्घटनामा परी १९ जना घाइते भएका छन् । चितवनको नारायणगढबाट बाग्लुङ जाँदै गरेको बा४ख ५९८८ नम्बरको बस अनियन्त्रित हुदाँ दुर्घटनामा परी बसमा सवार ३३ जना यात्रु मध्ये १९ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते २ जनाको अवस्था गम्भीर रहेको र अर्काे एक जनालाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरी बताएको छ । । दुर्घटनामा परेका अन्य १८ जना घाइतेको भने लक्ष्मी अस्पताल डुम्रेमा उपचार भैरहेको छ ।

चालकलाई नियन्त्रणमालिई थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।