आगलागी पीडितलाई आर्थिक सहयोग



रामचन्द्र वि.क., रामेछाप ।
जिल्लाको रामेछाप नगरपालिका वडा नं. ३ साँघुटारमा साउन ९ गते आगलागीबाट पीडित भएका परिवारलाई नेपाली काग्रेस रामेछाप र काग्रेसका नेताहरुले ३ लाख १९ हजार ३ सय ७० रुपैयाँ बराबरको आर्थिक सहयोग गरेका छन् ।

आगलागीबाट पीडित परिवारलाई नेपाली काग्रेस रामेछाप जिल्ला कार्यसमितिले १ लाख ८३ हजार १५, समाजसेवी एवं गत निर्वाचनमा नेपाली काग्रेस रामेछापबाट प्रतिनिधिसभामा उम्मेद्वार बन्नुभएका कान्छाराम तामाङले १ लाख तीन हजार र ओखलढुङ्गाका युवा नेता एवं संविधानसभा सदस्य रामहरी खतिवडाले ३३ हजार तीन सय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ ।

शनिबार घटना स्थलमै पुगेर पीडित परिवालाई थोरै भए पनि राहात पु¥याउन उद्देश्यले रकम वितरण गरिएको हो । घटना प्रति दुख व्यक्त गर्दै संविधानसभा सदस्य रामहरी खतिवडाले विपत्तको बेला कसैले पनि पार्टी, व्यक्ति, जात, धर्म जस्ता कुरा नहेरीकन सबैले सहयोग गर्नु पर्ने बताउनुभयो । खतिवडाले घटनाबाट पीडित परिवारलाई केन्द्रिय सरकारले तत्काल राहात उपलब्ध गराउनु पर्ने माग गनुभयो ।

त्यस्तै राहात रकम हस्तन्तरण गर्दै काग्रेस नेता कान्छाराम तामाङले घटनाबाट पीडितलाई थोरै भए पनि राहात पुग्ने बताउनुभयो । उहाँले आगलागी पीडितलाई राहातको लागि विभिन्न निकायहरुसँग आफूले सहयोगको लागि प्रस्ताब राख्ने र सहयोग प्राप्त भएमा पीडितलाई ल्याएर हस्तान्तरण गर्ने पनि बताउनुभयो ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाली काग्रेस रामेछापका सभापनि लबश्री न्यौपानेले नेपाली काग्रेस जनताको पार्टी भएकाले जनतालाई अफ्टेरो पर्दा जस्तो सुकै सहयोग गर्न पछि नपर्ने बताउनुभयो ।

प्रीफ्याबको घरबाट निस्केको आगोले सँगै रहेका दुई ओटा टहरा र एक पक्की घर सहित ४ ओटा घर पूर्ण रुपमा जलेर नष्ट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्