सडक खन्ने क्रममा पहाड भासिँदा स्काभेटरसहित चालक पुरिए


गोरखा । गोरखामा सडक खन्ने क्रममा पहाड भासिदा एक्साभेटरसहित चालक पुरिएका छन् ।

सिरानचोक गाउँपालिका १ केराबारीमा सडक खन्ने क्रममा एक्साभेटर चालक सिन्धुपाल्चोक मेलम्ची गाउँपालिका १३ का २० वर्षीय रमेश तामाङ पुरिएको प्रहरीले जनाएको छ । एक्साभेटरसहित चालक पुरिएको स्थान सडक भन्दा करिव ४० मिटर तल भएकाले उद्धारमा कठिनाइ भइरहेको छ । प्रहरी र स्थानीयको पहलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।