प्रधानमन्त्री बिरामी भएको खबरपछि नेकपा सचिवालय बैठक स्थगित



न्युज अफ नेपाल, काठमाडौं ।
आइतबार बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सरेको छ।

बैठक भोलि (सोमबार) दिउँसो ३ बजेका लागि सरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ ट्वीटरमार्फत् जानकारी ट्वीट गर्दै जानकारी दिए ।

यसअघि आज दिउँसो सचिवालय बैठक बसेर पार्टीका विभागहरू र जनवर्गीय संगठनका इन्चार्ज–सहइन्चार्जको टुंगो लगाउने नेकपाले जनाएको थियो। तर, बालुवाटारबाट प्रधानमन्त्री बिरामी परेको र दुई अध्यक्षबीचको गृहकार्य नसकिएको भन्दै बैठक स्थगित भएको नेकपाका एक नेताले जानकारी दिए ।

बिरामी भनिएता पनि प्रधानमन्त्री ओली आइतबार बिहान सोल्टी होटेलमा भएको एउटा कार्यक्रममा सहभागी भएका छन्।

सचिवालय सदस्यलाई बैठक स्थगितको खबर पठाउनुअघि आज बिहान ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो।

स्कुल विभाग प्रमुखका विषयमा उनीहरूबीच सहमति नभएपछि बैठक स्थगित भएको खबर पठाएका हुन्।

प्रतिक्रिया दिनुहोस्