गुडिरहेकाे जिपमाथि पहिरो खस्दा ३ को मृत्यु, ६ घाइते


रसुवा । गुडिरहेको जिपमाथि पहिरो खस्दा तीन जनाको मृत्यु भएको  छ । रसुवाको गोसाईकुण्ड गाउँपालिका २ तातोपानी डाँडामा गएको पहिरोले पुरेर तीन जनाको ज्यान गएको हो ।

१० जना यात्रु बोकेर रसुवागढीबाट काठमाण्डौ जान लागेको ना १ ज ७८२४ नम्बरको जीपको पछाडिको भागमा खसेको पहिरोले पुरेपछि तीन जनाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले बताएको छ ।

चालकसहित अन्य पाँच जना  सामान्य घाइते भएता पनि एक जना गम्भीर घाइते भएका छन् । घटनामा ज्यान गुमाउनेहरुको सनाखत नभएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएकोे छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।