नेकपाको सचिवालय बैठक अनिश्चित


काठमाडौं, (नेस) । सांगठानिक एकताको विवाद टुंगो लगाउन बस्ने भनिएको नेकपाको सचिवालय बैठक अनिश्चित भएको छ ।

स्कुल विभागमा विवाद भएपछि गृहकार्य नपुगेकाले बैठक बस्न नसकेको बताइएको छ । स्कुल विभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले अडान नछोडेपछि समस्या बल्झिदैँ गएको छ ।

सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीको कार्य व्यस्तताका कारण बैठक बस्न नसकेको हो । दुई अध्यक्षबीच विभिन्न विकल्पहरुमा छलफल भइरहे पनि सहमति जुटन सकेको छैन् । स्कुल विभागमा वरिष्ठ नेता झलनाथ खनाल, स्थायी समिति सदस्य घनश्याम भुसालको पनि चर्चा चलेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।