युभेन्ट्सद्वारा आफ्नै देशको प्रतिद्वन्द्वी इन्टर–मिलान पराजित


काठमाडौं । प्रि–सिजन भ्रमणमा रहेको इटालीयन क्लब युभेन्ट्सले आफ्नै देशको प्रतिद्वन्द्वी इन्टर–मिलानलाई पराजित गरेको छ ।

चीनमा गए राति भएको इन्टरनेसनल च्याम्पियन्स कपको खेलमा युभेन्ट्सले इन्टरलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्‍यो ।

नानजिङ ओलम्पिक स्टेडियममा निर्धारित समयको खेलमा १–१ गोलको बराबरी भएपछि खेल टाई ब्रेकरमा पुगेको थियो ।

निर्धारित समयमा युभेन्टसका लागि क्रिश्चियानो रोनाल्डोले एक गोल गरेका थिए भने युभेन्टसकै माटियास डे लिटले एक आत्माघाती गोल गरेपछि इन्टर मिलानले उपहार पाएको थियो । टाइ ब्रेकरमा युभेन्ट्स ४–३ ले विजयी भयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।