पुरुष भलिबललाई टेलिकमको २० लाख



काठमाडौं, (नेस) ।
नेपालमा आयोजना हुने एशियन सन्ट्रालजोन सिनियर पुरुष भलिबल प्रतियोगितालाई नेपाल सेटलाइट टेलिकमले २० लाखको प्रायोजन गरेको छ ।
शनिवार नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र नेपाल सेटलाइट टेलिकमका अध्यक्ष अस्मिता सुमार्गीले सम्झौंता पत्र आदन–प्रदान गरे । सम्झौता पश्चात अध्यक्ष शर्माले नेपाल सेटलाइट टेलिकम प्रति आभार ब्यक्त गदै भने–सेन्ट्रल जोन भलिबल राष्ट्रको गौरब भएकाले सवैले भब्यताका साथ सफल बनाउन सहयोग र साथ दिन अनुरोध गरे ।

नेपाल सेटलाइट टेलिकमकी अध्यक्ष सुमार्गीले भनिन्– हामी नेपालीको गौरबको कुरा हो,सवैले सहयोग र साथ दिनु पर्छ । मैले आफुलाई भलिबल परिवारको सदस्य भन्न रुचाउछु । राष्ट्रिय खेल भलिबलसँग जोडिन पाउदा हाम्रो संस्था गौरम्बित भएको छ । आगमी दिनहरुमा पनि सहयोग रहि रहने छ ।

लगनखेलस्थित नेपाल आर्मीको कभर्डहलमा श्रावण ३२ देखी भाद्र ८ गते सम्म संचालन हुने छ । प्रतियोगितामा नेपाल सहित बंगलादेश, मालदिभ्स, अफगानिस्तान, किर्गीस्तान, तुर्क्मिनिस्तान, उजवेकिस्तान गरि कुल ७ देशको सहभागिता निश्चित भएको पत्रकार सम्मेलनमा संघका महासचिव जितेन्द्रवहादुर चन्दले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्