टेबलटेनिस खेलाडीको सुन पसल



काठमाडौं, (नेस)
राष्ट्रिय टेबलटेनिस महिला खेलाडी स्वेच्छा नेम्वाङले सुन पसल संचालन गरेकी छन् । न्यु सौभाग्य ज्वेलरीको उदघाटन टेबलटेनिसका प्रमुख प्रशिक्षक र स्वेच्छाकै गुरु विनोद शाक्यले गरेका हुन् ।

करिब ५० लाखमा आफ्नै लगानीमा पसल खोलिएको स्वेच्छाले बताइन् । यो उनको दोस्रो सुन पसल हो । यसअघि उनले पुरानो बानेश्वरमा सौभाग्य ज्वेलर्स खोलेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्