नेटवर्किङ व्यवसायबाट ठगी गर्ने ११ जना पक्राउ



कपिलवस्तु । नेटवर्किङ व्यवसायबाट ठगी गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैलेख जिल्ला नौमुले गाउपालिका ७ का कर्ण सलामी मगर, पश्चिम नवरपरासी जिल्ला सुनवल नगरपालिका २ का अशोक अधिकारी, झापा जिल्ला दमक नगरपालिका ३ का खगेन्द्र निरौला, सप्तरी जिल्ला राजबिराज नगरपालिका १ का मिथलेश यादव, सोहि स्थानका मन्जुला राई, रौतहट जिल्ला चन्द्रपुर नगरपालिका ११ का मुकेश राउत, बाँके जिल्ला कोहलपुर नगरपालिका ३ का हेमराज थापा, रामेछाप जिल्ला मन्थली नगरपालिका १ का सुभाष बस्नेत र धादिङ जिल्ला सिद्धिलेखा गाउँपालिका २ का दिपा पुरी रहेका छन् ।

उक्त समुहले युनिटि लाइफ नामक संस्थामार्फत ठगी गर्दै आएको थियो । उनिहरुलाई ठगी उजुरीका आधारमा कपिलवस्तु प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । ठगि

प्रहरीले बिगत दुइ हप्तादेखिको गोप्य अप्रेसन पछि उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । पत्रकार सम्मेलन मार्फत प्रहरीले सिआइबीको समन्वयमा युनिटी नेटवर्किङमा संलग्न धादिङका रंजन लामा, दार्चुलाका भुपेन्द्र धामी, रौतहटका अमित कुमार चौधरी, गोरखाका सुसिल बिक, मकवानपुरका अभिराज तामाङ र भारत घर भएका सर्भिस पाण्डेलाई पक्राउ गरिने समेत कपिलवस्तु प्रहरी बताएको छ ।

यसबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्