कोसीको बाढी खतराको तहभन्दा माथि, सतर्क रहन आग्रह


काठमाडौं, निरन्तरको वर्षाले देशभरका साना र ठूला नदीहरुमा पानीको बहाव बढेको छ।

पानीको बहाव बढेसँगै खतराको स्तर नाधेको बाढी मापन केन्द्रले जनाएको छ । केन्द्रले बिहानै जारी गरेको सूचनाअनुसार कमला नदी–धनुषा–तितरिया बाढीमापन केन्द्रमा जलसतह खतरा तहभन्दा माथि पुगेको छ।

वर्षा हुने क्रम जारी रहने देखिएकोले सतर्क रहन आग्रह गरिएको छ । सूचनामा उल्लेख छ, ‘धनुषा, सिराहा जिल्लाको डुबान भइरहने तटीय क्षेत्रमा रहनुहुनेहरू आज असार २८ गते दिनभर सुरक्षित स्थानमा जानुहुनररहनुहुन अनुरोध छ।’

यस्तै, बिहान ६ बजे जारी सूचनामा सप्तकोसी नदीले चतरामा जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले सुनसरी र सप्तरी जिल्लाका नदीतटीय क्षेत्रमा बेलुकी सम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।