‘जनतालाई विष खुवाउने सरकार काम छैन’

94
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । भारत र तेस्रो मुलुकबाट नेपालमा आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै नेविसंघले प्रदर्शन थालेको हो ।

भारतीय पक्षदबावमा विषादी परीक्षण रोकेको भन्दै नेविसंले सरकार जनताको पक्षमा टिक्न नसकेको आरोप लगाएको छ ।

पदर्शनमा नेविसंघले विभिन्न तरकारीका माला लगाएर विरोध जनाएका थिए । यस्तै उनीहरुले सेता ट्याम्लेटमा जनतालाई विष खुवाउन पाईदैन लगायतका नाराहरु लेखेका थिए ।

काठमाडौको बाल्मिकी क्याम्पसबाट सुरु उक्त पर्दशनमा नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले लगायतका नेता कार्यकर्ताहरु सहभागी थिए ।

तस्वीर : अनिल आङदेम्बे