शनिबार तर्सिए राजधानीबासी

0
Shares

काठमाडौं, (नेस)
शनिवार काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ । भक्तपुर केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भक्तपुरको दूधपाटी आसपास केन्द्रविन्दु भएर दिउँसो ४ बजेर १५ मिनेटमा सो क्षमताको भूकम्प गएको केन्द्रप्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । शनिवारको भूकम्पको धक्का तीन वर्ष अघिको गोरखा भूकम्पको पराकम्प भएको बताउँदै उहाँले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा भूकम्पको धक्का प्रष्ट महसुस गरिएपछि भूकम्प आएको सूचना दिदै भागदौड गर्ने र खुला ठाउँमा भेला हुनेहरुको संख्या निकै बढेको थियो ।

गत २०७२ मा आएको ७.९ रेक्टर स्केलको महाविनासकारी भूकम्प पनि शनिबार नै आएको थियो ।