सवारी दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु


पुष्कर बुढाथोकी , भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको राधराधेमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मध्यपुर ठिमी नगरपालिका ४ राधे राधे चोकमा काठमाण्डौबाट भक्तपुर तर्फ आउदै गरेको बा ५ ख ५३४३ नं.को ट्रिपरले सोही दिशा तर्फ आउदै गरेको प्रदेश ३ –०२ –००६ प ४९९४ नम्बर को मोटरसाईकललाई ठक्करदिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाईकल चालक सोलखुम्बुु पंचन ९ घर भएका बर्ष २८ का फ्रेम बाहदुर राई घाईते भई उपचारको लागी मध्यपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुबै सवारी साधन महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरको नियन्त्रणमा रहेको र फरार रहेका ट्रिपर चालकको तदारुकताका साथ खोजतलास कार्य जारी रहेको बृत्तका प्रमुख प्रहरी नायक उपरीक्षक शान्तिराज कोईरालाले बताउनुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।