राजश्व नतिरी अध्यक्ष अमेरिका गएपछि बजेट आएन

0
Shares

सीताराम अधिकारी, धादिङ । गाउँपालिकाको नाममा तिर्नु पर्ने एकिकृत सम्पत्ती कर लगायतको राजश्व रकम नतिरि गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठ अमेरिका गएपछि विवाद उत्पन्न भएको छ ।

सबै स्थानीय तहले असार १० गतेभित्र स्थानीय तहमा बजेट पेश गरिसक्नु पर्ने प्रावधान भएपनि गल्छी गाउँपालिकाले भने आजसम्म पनि बजेट ल्याउन सकेको छै्रन ।

गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले गाउँपालिकामा तिनुपर्ने कर छली गरि रसिद काटेर रकम भुक्तान समेत गरेका छैनन् ।
एकिकृत सम्पत्ती कर बापत १ लाख १३ हजार २ सय ८० रुपैयाँ गाउँपालिकाको आम्दानी रसिद एक के वि कन्स्टक्सन एण्ड सप्लायर्स प्रालि/ कृष्णहरी श्रेष्ठ, गल्छी गाउँपालिका–६ उल्लेख गरि रसिद नम्बर ०००२०३७ बाट ०७६ जेठ ९ गते रसिद काटेर पनि गाउँपालिकामा रकम नतिरेका हुन् । अहिले अध्यक्ष श्रेष्ठ अमेरिकामा रहेका छन् । उनि असार ४ गते उता गएका थिए । २५ असारमा नेपाल फर्कने योजना सहित पारिवारिक भेटघाटका लागि अमेरिका गएका अध्यक्ष श्रेष्ठले गाउँपालिकामा रकम तिरेको रसिद लगेपनि रकम भने हालसम्म पनि गाउँपालिकामा जम्मा नभएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दानबहादुर ऐडीले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष आफैँले आफ्नै व्यवसायको नाममा रसिद काटेर राजश्व रकम नतिर्नुलाई कानूनी रुपमा अपराध, आर्थिक रुपमा भ्रष्टाचार र पदिय दुरुपयोग समेत भएकोले कानूनी दायरामा ल्याउनु पर्नेमा नागरिकहरुले आवाज उठाउन थालेका छन् ।

सामान्यतया जब रसिद काटिन्छ तेती नै बेला रकम भुक्तानी गरिने प्रावधान भएपनि आफ्नो पदको दुरुपयोग गरि व्यापारिको हिसावले विदेश जाने प्रयोजनका लागि कर तिरेको देखाउन अध्यक्ष श्रेष्ठले राजश्व छली गरेको आरोप छ ।

अध्यक्ष श्रेष्ठ असार ४ गते अमेरिका जानु भएको छ जसले गर्दा गाउँपालिको ल्याउनु पर्ने बजेट समेत अध्यक्षको अनुपस्थितिमा आउन सकेको छैन ।

रसिद काटेर रकम नतिरेको सम्बन्धमा गल्छी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दान बहादुर एडीले रकम जम्मा गर्न अध्यक्षको छोरालाई आग्रह गरिएपनि रकम गाउँपालिकामा प्राप्त नभएको शुक्रबार टेलिफोनबाट बताउनुभयो ।

आफू विदेश जाँदा आफू व्यवसायि भएकोले नेपालमा कर तिरेको प्रमाण देखाउनका लागि रसिद काटिएको तर रसिद लिने वित्तिकै तिर्नु पर्ने रकम पदको आडमा नतिरेको नागरिकहरुले आरोप लगाएका छन् ।

धादिङ जिल्लामा गल्छी सहित रुबीभ्याली, त्रिपुरासुन्दरी, गंगाजमुना गाउँपालिका र धुनीबेसी नगरपालिकाले असार १० गतेसम्म ल्याउनु पर्ने बजेट प्रस्तुत गर्न सकेनन् ।

Skip This