गुठी विधेयक विरुद्ध अर्को ठुलो खबरदारी (फोटोफिचर)



नेपाल समाचारपत्र, काठमाडौं । गुठी आन्दोलन संघर्ष समितिले काठमाडौंको बसन्तपुरमा खवरदरी सभा गरेको छ ।

बेलुका ४ बजे बसन्तपुरस्थित महादेव पार्वती डबलीमा हुने सो खवरदारी सभा भन्दा पहिले न्यूरोडको जुद्धशालिकमा भेला भई रत्नपानपार्क परिक्रमा गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ ।

सभामा गुठी विधेयक खारेजीको जोडदार रुपमा माग गर्ने समितिले जनाउँदै सभामा सहभागी हुन सरोकारवाला, स्थानीय, गुठियार, सर्वसाधरण सबैलाई आव्हान गरिएको छ ।

त्यसैगरी पाटनमा आज भव्य रुपमा खवरदारी सभा सम्पन्न गर्ने समितिले जनाएको छ । असार ४ गते माईतीघर मण्डलमा हजारौं उपत्यकावासीको सहभागीता गरिएको खवरदारी सभालाई निरन्तरता दिदै कार्यक्रमहरु समितिले गरिरहेको छ ।

सरकारले औपचारिक रुपमा असार १० गते राष्ट्रिय सभाबाट फिर्ता लिने घोषणा गरेको छ । यस अघि असार ३ गते गुठी विधेयक खारेजीको माग चौतर्फी भएपछि सरकारले फिर्ता लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्