पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध


रसुवा । शनिबार दिउँसोदेखि परेको वर्षाको कारण पहिरो गएपछि रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ ।

स्याफ्रुबेसी–रसुवागढी सडक खण्ड अन्र्तगत लिङलिङमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउनका लागि बिहानैदेखि पहिरो हटाउने काम सुरु भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिएका छन् ।

पहिरो पन्छाउनका लागि रसुवागढी जलविद्युत् आयोजना र लाङटाङ खोला जलविद्युत् आयोजनाले काम गरिरहेका छन् । शनिबार राति ८ बजे त्यस क्षेत्रमा पहिरो गएको थियो । सडक अवरुद्ध भएपछि चीनको केरुङ जान लागेका तथा काठमाडौं जान लागेका मालवाहक कन्टेनर रोकिएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।