आज मध्य तथा पश्चिमका धेरैजसो स्थानहरुमा वर्षाको सम्भावना

0
Shares

काठमाडौं । आइतबार दिउँसोको समयमा देशको मध्य र पश्चिमी भू–भागहरुमा सामान्यदेखि पूर्ण बदलि तथा पूर्वी भेगमा आंशिकदेखि सामान्य बदली रही पुर्वका केहि स्थानहरुमा साथै मध्य तथा पश्चिमका धेरैजसो स्थानहरुमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पश्चिमी र मध्य भू–भागका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहको छ । उच्च हिमाली भू–भाग हरुमा हिमपातको सम्भावना रहेको छ । पश्चिमी र मध्य भू–भागका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहको छ ।

त्यस्तै रातिको समयमा देशैभरि आंशिकदेखि सामान्य बदली रही पुर्वका थोरै स्थानहरुमा साथै मध्य तथा पश्चिमका केही स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

Skip This