असारे विकासः बाटो खन्दा बाढी आयो, ९ घर बिस्थापित



पर्वत, (नेस) ।
दक्षिणी पर्वतको पैंयु गाउँपालिका वडा नं ४ हुवासमा बाढीले ९ घरमा क्षति पु¥याएको छ ।

अबिरल बर्षापछि गेउदीखोलामा आएको बाढीले स्थानियका दुई घरमा ठुलो क्षति पुगेको छ भने ९ घर बिस्थापित बनेका छन् ।

हातेमालोचोक धरमपानी पैंयुकोट सडकबाट बगेर आएको लेदोले घरमा क्षति पुर्याएको छ भने ५० रोपनी खेत समेत बगाएको वडा अध्यक्ष महेन्द्र श्रेष्ठले बताउनुभयो ।

बाढीका कारण स्थानिय मोतीलाल पौडेल, गोपबहादुर सार्की, लिलादेबी पौडेल, हिमलाल तिवारी, सोमनाथ तिवारी, बिनोद हमाल, गोबिन्द पौडेल र मोतीलाल रिजालको परिवार बिस्थापित बनेका छन । बाढी घरमा पसेका कारण परिवारहरु बिस्थापित भएका हुन ।

बाटो खन्ने क्रममा निस्केको माटो र गेगर बाढीले बगाएपछि खोलाले उग्ररुप लिएको थियो । घटनास्थलमा इलाका प्रहरी कार्यालय हुवासबाट खटिएको प्रहरी टोली र स्थानियले उद्दार र क्षतिको बिबरण संकलन गर्ने काम गरिरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

पछिल्लो बर्ष सडक स्तरोउन्नतीका लागि पर्वतका सबै जसो वडाहरुमा काम भैरहेको छ । सडक खन्दा निस्केको माटो र ढुंगा ब्यबस्थापन नगरिएका कारण त्यसले बाढी र पहिरोको रुप लिदै आएको छ ।

जथाभाबी सडक खनिएका सडकबाट निस्केको माटो ढुंगाका कारण मनसुन सक्रिय भएपछि बाढी र पहिरोको उच्च जोखिम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्