चार महिनाको महाहन्ट अप्रेसनः ५३ उपलब्धि



सरस्वती न्यौपाने, रसुवा ।
लाङटाङ राष्ट्रिय निकुञ्जले लागू गरेको महाहन्ट अप्रेसनबाट चार महिनाको अवधिमा ५३ वटा उपलब्धि हासिल गरेको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसवाको प्नमुख समरक्षण अधिकृत सुस्मा रानाका अनुसार २०७५ फागुन १ बाट लागू भएको महाहन्ट २०७६ जेठ मसान्तसम्म आइपुग्दा अपरेसनबाट निकुञ्जको सुरक्षार्थ खटिएको कालिजङ्ग गण र निकुञ्जका कर्मचारी हरूबाट विभिन्न ठाउँ हरूमा गस्ती गरि यो उपलब्धि हासिल गरेको हो ।

पासोबाट २३ वटा, ड्रोन १२ वटा, काठ तस्कर ३ वटा, मरेका जनावर व्यवस्थापन ४ वटा, जनावरको उद्वार २ वटा, यार्सागुम्बा २ वटा, लागू औंषधबाट १ वटा, जडिबुटी १ , बालुवा गिटि तस्कर १ वटा चौरि गाईको सिङ १ याकको पुच्छर २ वन फडानिको १ रहेको छ ।

२०३२ सालमा स्थापना भएको निकुञ्ज रसुवा, नुवाकोट, सिन्धुपाल्चोक गरि ३ जिल्लामा फैलिएको छ।यस निकुञ्जले यस्ता कार्यहरूको निगरानि गरि वन, वनस्पति, वन्यजन्तुको समरक्षणमा लागिपरेको छ।

प्रतिक्रिया दिनुहोस्