बझाङमा जीप दुर्घटना: ६ जनाको ज्यान गयो, आधा दर्जन घाईते



बझाङ, बझाङ सदरमुकाम चैनपुरनजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप दुर्घटना भएको छ ।

दुर्घटनामा परि ६ जनाको ज्यान गएको छ भने ६ जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन् । दुर्घटनामा एक बालक, दुई महिला र तीन जना पुरुषको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । जीप दुर्घटनाको कारण भने थाहा नभैसकेको प्रहरीले बताएको छ ।

दुर्घटनाग्रस्त जीप भिरमा अड्किएको अवस्थामा छ र घटनाको विवरण आउन बाँकी छ । प्रहरीका अनुसार उद्धार कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्