सिस्टममा समस्या आएपछि लोकसेवा आयोगको फारम भर्नै समस्या



काठमाडौं । लोक सेवा आयोगको अनलाइन सिस्टममा समस्या आउँदा फारम भर्नेहरु समस्यामा परेका छन् ।
स्थानीय तहका लागि आवेदन दिने अन्तिम मितिको अघिल्लो दिन सोमवार लोक सेवाको वेबसाइट http://psconline.psc.gov.np/ लोड हुनै मुस्किल भएको पाइएको छ ।

यद्यपी यसको सुधारका लागि सर्भर थप्ने काम जारी रहेको आयोगले जनाएको छ ।

स्थानीय तहका ९ हजार १६१ पदमा पदपूर्तिका लागि आयोगले खोलेको विज्ञापनमा आवेदन दिने अन्तिम म्याद भोलि मंगलवार हो । दोब्बर दस्तुर तिरेर थप एक सातासम्म आवेदन दिन सकिन्छ ।

संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न आदेश दिएपछि अलमलमा परेका युवाले सर्वोच्चले विज्ञापन नरोकेपछि फारम भर्ने क्रमलाई तीव्रता दिएका छन् ।

फारम भर्नेहरूको चापका कारण सर्भरमा समस्या भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्